प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेको भेटवार्ता

काठमाडाैं | माघ १७, २०७९

प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेको भेटवार्ता

काठमाडौं:  प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्ड भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्।  उनीहरूबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच उपनिर्वाचन,गृहमन्त्रालय र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।


यसअघि सोमबार साँझ पनि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। 


सर्वोच्च अदालतले लामिछानेलाई नेपाली नागरिकता विवादमा दोषी ठहर गरिदिएपछि उनले प्रक्रिया पुर्‍याएर पुनः नागरिकताको प्रतिलिपि लिएका  छन्।
नयाँ नागरिकता लिएसँगै रास्वपाले लामिछानेलाई पार्टी सभापति बनाएको छ।


रास्वपाले फेरि गृहमन्त्रीमा दावी गरेपनि प्रधानमन्त्री प्रचण्ड नदिने मनस्थितिमा छन्। रास्वपाले भने गृहमन्त्रीमा आफ्नो दावी कायम राखेको छ।

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्